Homeअर्थतन्त्रचाँगुनारायणकाे मंगलटारमा एभाेकाडाेकाे बिरुवा वितरण ,स्थानीय उत्साहित

चाँगुनारायणकाे मंगलटारमा एभाेकाडाेकाे बिरुवा वितरण ,स्थानीय उत्साहित

भक्तपुर १४ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो सिटी बनाउने अभियान अन्तरगत हाल सम्म १८ हजार एभोकाडोको बिरुवा बितरण गरिसकिएको छ ।

चाँगुनारायण नगरपालिकाको पहिचान, एक घर दुई एभोकाडो रोप्ने हाम्रो अभियान’ भन्ने नारा सहित बिगत ३ बर्षको अबधिमा उक्त बिरुवा बितरण गरिएको अभियानका संयोजक नरेश खड्काले बताएका छन ।

चाँगुनारायण नगरपालिका वडा नँ ४ मँगलटारमा आज एभोकाडोको ३ सय ५० वटा बिरुवा बिरण गर्दै आयोजनाका परिकल्पनाकार डिपी ढकालले चाँगुनारायण नगरपालिकाका १७ हजार घरमा प्रति घर २ वटा बिरुवा लगाउने अभियान अन्तर्गत टोल टोलमा बिरुवा बितरण गरेको जानकारी गराए ।

रोपिएका बिरुवालाई आफ्ना सन्तानलाइ जस्तै हुर्काउन आग्रह गर्दै अभियन्ता दिनेश खनालले तिन बर्षपछी फलदिन थालेपछी प्रतिबोट ३० देखी ४०हजार बार्षिक आम्दानी हुने पनि जानकारी गराए ।

एभोकाडो सिटी अभियानका अभियन्ताहरुले सँबोधन गरेको बिरुवा बितरण कार्यक्रममा तिन बर्ष अघि बितरण गरेको बिरुवाले फलदिन शुरु गरिसकेको पनि बताए ।
कार्यक्रममा अभियन्ता रामकुमार तामाङ, सरराज उप्रेती,नवराज काफ्ले, मदन श्रेष्ठ, चण्डीका लामिछाने,
लगाएतको उपस्थिति रहेको थियोे ।
यस बर्षको कार्यक्रमको समापन यही साउनको ३० गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यतामा भक्तपुरमा हुने नेकपा (माओवादी केन्द्र)का भक्तपुर जिल्ला संयोजक समेत रहेका अभियन्ता सुनिल गाेठे बासुले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments