Homeकला/संस्कृतिथिमि लाय्‌कू भैलः नाच हुने

थिमि लाय्‌कू भैलः नाच हुने

असार १३, मध्यपुर थिमि ।
मध्यपुर थिमिकाे ऐतिहासिक लाय्‌कू भैलः नाच यसबर्ष प्रदर्शन हुने भएकाे छ । शुक्रबार बेलुका थिमि लाय्‌कू ( दरवार )मा कलाकार परिचय कार्यक्रम गरि लाय्‌कू भैलः नाच संचालन हुने जानकारी गराएका थिए । यस वर्ष लाय्‌कू भैलःका कलाकारहरूमा ज्यापुंगःचा हृदय सुकू श्रेष्ठ, न्हापा भैल: अर्जुन चितुवा श्रेष्ठ, लिपा भैल: सुलभ सिबंजाः श्रेष्ठ, न्हापा दाःगिं सन्देश हामाे श्रेष्ठ तथा लिपा दाःगिं स्वयम् थापा श्रेष्ठ हुने नाचका मूल गुरु अर्जुन खुतिखाता श्रेष्ठले बताए ।

प्रत्येक वर्ष गाइजात्राकाे भाेलिपल्ट हुने भैलः नाचमा ज्यापुंगःचा एक जना , भैरब दुई जना र कुमारी (दाःगिं) दुई जना गरि पाँच जनाकाे नाच हुने गर्दछ । नेसं ६३३ मा सुवर्ण मल्ल( भूवन मल्ल) ले देशमा भएकाे अनिकार र अतिवृष्टी अनावृष्टीलाई हताएर शान्ति र सहकाल ल्याउन भक्तपुरमा नवदुर्गा नाच, बाेडेमा निलबाराही नाच र थिमिमा लाय्‌कू भैलः नाच संचालन गरेकाे वंशावलीमा उल्लेख गरिईकाे छ । बिसं २०२५ साल पछि राेकिएकाे लाय्‌कू भैलः २०७२ सालमा पुनः संचालनमा आएकाे थियाे । ततःपश्चात २०७३,२०७४, २०७६ र २०७९ संचालनमा आएकाे मूल गुरु श्रेष्ठले जानकारी दिए ।
( file photo pahilo post )

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments