माघ २०, काभ्रे ।
साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुहरू दोस्रो परदेश यात्राका क्रममा आज पनाैतीमा स्नान गरि फर्केका््् छन् ।
माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित सांस्कृतिक शहर पनौतीको परिक्रमा गर्ने व्रत विधि रहेको छ । शनिबार बिहानको नित्यकर्म सकी व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनाैती पुगेका थिए ।
माघ शुक्ल चौथीका दिन आइतबार पनौतीको परिक्रमा सकी व्रतालुले दिउँसोको भोजन बनेपा स्थित लाय्कूमा गरेकाे हाम्राे जात्राका श्याम थाले बताए । पहिला बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा भाेजन गर्ने परम्परा रहेकाे उहाँले बताएका छन् ।
माधवनारायण व्रतालुले गर्ने यो यात्रालाई प्राचीनकालदेखि नै परदेश यात्राको सङ्ज्ञा दिने गरिएको छ । यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट बज्रयोगिनी, पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने गर्छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको तेस्रो परदेश यात्रा गरिन्छ । तेस्रो यात्रा पनि दुई दिन र एक रातको हुने परम्परा रहेकाे छ । व्रतालुले खाली खुट्टा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ ।