नेपाल विद्युत प्राधिकरणले उद्योगमा लाइन नकाटिने जनाएकाे छ । प्राधिकरणले बोर्ड बैठक बसेर निर्णय नगरुन्जेलसम्मका लागि उद्योगमा लाइन नकतिने भएको हो ।
ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा आज लाइन नकाटिने भएको छ ।
महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ । तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ ।
१५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो ।
तर, अधिकांश उद्योगीहरूले महसुल नतिरेको प्राधिकरणले जनाएको छ । महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ ।
आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी रहेको छ ।
यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो ।