२५ माघ, भक्तपुर ।
मध्यपुर थिमि नगरपालिकाले कृषकहरूका लागि कृषि सामग्री हस्तान्तरण गरेका छन् । कृषि यान्त्रिकरण तथा कृषि व्यवसाय प्रवर्द्नका लागि मध्यपुर थिमि नगरपालिकाले ५०% अनुदानमा कृषि सामाग्री इलेक्ट्रिक स्प्रेयर १०७ थान र यु.भि प्लास्टिक १७ थान हस्तान्तरण गरेकाे हाे । मध्यपुर थिमि नगरपालिका कार्यालय प्राङ्गणमा सामग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले हरित तरकारीकाे भण्डारकाे रूपमा रहेकाे मध्यपुरमा कृषकहरूलाई उक्त सामग्री हस्तान्तरण गर्न पाउँदा खुसि व्यक्त गरेका थिए ।