भक्तपुर, ०४ माघ २०८०
आज कारोबारको अन्तिम दिन सेयर बजारसंगै रकममा पनि गिवरावट आएको छ। उक्त दिन बजार ९.७४ अंकले घटेको हो।
बजार बजार परिसूचक २१५३.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार फाइनान्स, हाइड्रोपावर बाहेक सबै समूह राताम्य बनेका छन् ।
आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ। यो बुधवारको तुलनामा कमी हो। बुधवार ९ अर्ब बढीको सेयर कारोबार भएको थियो।