भाद्र २३, भक्तपुर ।
आज भएकाे Gen Z काे विद्यार्थी तथा युवा आन्दाेलनमा सरकारले गरेकाे दमन तथा नरसंहारकाे निन्दा गर्दै नेपाल इन्जिनियरिङ कलेज, चाँगुमा रहेकाे एमालेकाे भातृ संगठन अनेरास्ववियुले सामुहिक राजिनामा तथा कलेजमा संगठनकाे कमिटि विघटन भएकाे घाेषणा गरेकाे छ। संगठन भन्दा विद्यार्थी पहिलाे, देश पहिलाे भन्दै अनेरास्ववियुका अध्यक्ष सन्ताेष लामा लगायत १२ जना पदाधिकारीहरूकाे संयुक्त हस्ताक्षरमा समिति विघटन गरेकाे हाे ।
शान्तिपूर्ण प्रदर्शनमा १९ जना भन्दा वढी विद्यार्थी तथा युवाले ज्यान गुमाउनु परेकाे र सयौं विद्यार्थी घाइते भएकाेले आमाबुबाकाे सपना ढलेकाे, देशकाे भविष्य ढलेकाे र एउटा पुस्ता ढलेकाे भन्दै नैतिकताका आधारमा राजिनामा दिएकाे उल्लेख गरेका छन् ।