Homeविचार/अन्तरवार्ताहोमियोप्याथिक औषधि नै किन त ?

होमियोप्याथिक औषधि नै किन त ?

अल्बर्ट आइन्स्टाईनले धेरै पहिले नै भनेका थिए कि अबको औषधिको भविष्य भनको फ्रिक्वेन्सी मेडिसिन हो । यसै भनाईलाई पुष्टि गर्ने औषधि हो होमियोप्याथिक औषधि । औषधि जन्य पदार्थलाई धेरै पटक डाइलुसन र सकसन गरि बनाएको औषधि नै होमियोप्याथिक औषधि हो , अर्थात औषधिको कच्चा पदार्थलाई पानीमा घुलेर सयौँ देखि हजारैँ पटक डाइलुट गरी चलाएर बनाएको औषधि हो । धेरैको गलत बुझाई यो औषधि घरमा बन्ने औषधि हो कि भन्ने छ । तर यो कम्पनी वा औषधिको उद्योगमा बाहेक घरमा बन्न सम्भव नै छैन । यो ओषधिको मुख्य स्रोत भनेकौ बनस्पती , जनावरको स्रोत, केमिकल र खनिज पदार्थ नै हो ।

उद्योगमा होमियोप्याथिक औषधि बनाउँदै

विश्वमै प्रचलित यो औषधि र उपचार सन् १७९६ मा जर्मनको तात्कालिन मेडिसिनका डाक्टर डा. स्यामुयल हेनिमेनले आपनो खोज र अनुसन्धानका क्रममा प्रतिपादन गरेका हुन । औषधि र उपचारको जगतमा निकै पछि सुरु भएको यो उपचार पद्धति नेपालमा भने राणाकालबाट सुरु भई बि.सं २०१० साल देखि सरकारी स्तरबाटै सेवा प्रदान गरिदै आएको हो । नेपालको पहिलेका संबिधान र हालको बि.सं २०७२ सालको सविधानमा पनि उल्लेख यो औषधि र उपचार, नेपालको स्वस्थ्य सेवा ऐन २०५३ को दफा ६ मा पनि नेपालका उपचार पद्धतिमा एलोप्याथिक , आयुर्वेदिक, र होमियोप्याथिक रहने उल्लेख गरिएको छ भने स्वस्थ्य सेवा नियमावली २०५५ , राष्ट्रिय स्वस्थ्य नीति २०७६, शहरी स्वस्थ्य नीति २०७२ लगायत हरेकमा उल्लेख गरिएको छ । हाल संघिय अस्पतालको रुपमा पुल्चोक ललितपुरमा पशुपति होमियोप्याथिक अस्पताल छ भने प्रत्येक प्रदेशमा सरकारी स्तरबाट यो उपचार सेवा प्रवाह हुदै आएको छ ।

“सिमिलिया सिमिलिवस कुसेन्टर” अर्थात उस्तै लक्षण निकाल्न सक्ने औषधिले उस्तै लक्षण भएको रोगलाई निको पार्दछ भन्ने सिद्धन्तमा आधारित यो औषधि र उपचार निकै प्रभावकारी र साइड इफेक्ट रहित छ । एउटै अनि निकै थोरै औषधिले पनि रोगलाई पुर्न रुपमा निको बनाउन सक्छ र खान पनि निकै सजिलो छ । टाउको दुखाइ , मनाइग्रेन, रुघा खोकी, टनसिल, एलर्जी, दम, ग्याष्ट्कि, पेटको रोग, प्रोस्टेट, पत्थरी, छालाको समस्या महिनावारी सँग सम्बन्धित समस्या, महिला, पुरुष सँग सम्बन्धित समस्या, ट्यूमर, जोर्नी दुखाई, बाथ, जस्ता हरेक रोगको लागि यो औषधि निकै प्रभावकारी छ । तर यो औषधि सधै चिकित्सकको सल्लाहमा मात्र खान जरुरी छ ।

होमियोप्याथिक ग्लोबुल्स (दानाहरु) र औषधिहरु

सेतो चिनिका दाना वा युरिया मल जस्ता देखिने दाना औषधि नै हामियोप्याथिक औषधिको ट्रेडमार्क बनको छ वा सवैले चिन्ने भएको छ । तर े त्यी दाना वास्तवमा औषधि होइन, त्या े उखुको जुसबाट बनेका चिनिका दाना नै हुन् । यसमा औषधि मिसाए पछि मात्र औषधिको काम गर्दछ । त्यी दाना, औषधि बोक्ने एउटा माध्यम मात्र हो । त्यी दानाहरुले मmोल औषधि सोसी राख्ने काम गदर्छ , जस्को कारण खान सजिलो र जिब्रोमा फिजिन सजिलो हुनुका साथै प्रभावकारी पनि हुन्छ । होमियोप्याथिक औषधि जिब्रोमा फिजे पछि नै काम गर्दछ ।

पशुपति होमियोप्याथिक चिकित्सालय, पुल्चाक, ललितपुर, भक्तपुर र कलकत्ताका होमियोप्याथिक मडिकल कलेज

यो चिकित्साको अध्ययन गर्न १०ं२ मा विज्ञान विषयमा बाइलोजी लिइ अध्ययन गरे पश्चात स्नातक ५ ½ वर्षको ९साँढे पाँचको कोर्ष जस्मा १ वर्ष प्रयोगात्मक अर्थात इन्टर्नसिप सहितको हुन्छ BHMS कोष (BACHELOR IN HOMEOPATHIC MEDICINE AND SURGERY ) अध्ययन गनुपर्छ र BHMS कोष MBBS
समान कोर्ष नै हो जस्मा होमियोप्याथिक औषधि र उपचारको विषय थप गरिएको हुन्छ । स्नातक पश्चात ३ वर्षको स्नातकोत्तर (MD) हुन्छ । हाल भारतमा आयुष (AYUSH) मन्त्रालयको डाटा अनुसार २८० वटा होमियोप्याथिक मेडिकल कलेज छन भने एउटा होमियोप्याथिक विश्वविद्यालय नै छ । नेपालमा भने सन् २००२ सालमा एक मात्र होमियोप्याथिक मेडिकल नेपाल होमियोप्याथिक मेडिकल कलेज (NHMC) बिराटनगरमा सुरु भएको थियो तर ६ वटा ब्याच पश्चात विभिन्न कारणवश यो अध्ययन संस्थान बन्द भयो । त्यस्तै २००८ मा भक्तपुरमा SLC/ SEE पछि ३ वर्ष अध्ययन हुने Diploma अर्थात HA कोर्ष सुरु भएको थियो ।

अल नेपाल होमियोप्याथिक एसोसिएसन न्युरोड स्थित पुरानो भवन र केही कार्यक्रमका फोटोहरु

थोरै औषधि खाए पनि पुग्ने र साइड इफेक्ट रहित भएकोले हालको समयमा निकै आवश्यक र अन्य औषधिको राम्रो बिकल्पको रुपमा यो औषधि स्थापित भएको छ । कतिपय शल्यक्रिया अर्थात अपरेशन गर्नु पर्ने रोगहरु जस्तै पत्थरी, पाइल्स, ट्यूमर, नाकमा मासु पलाएको आदि जस्ता समस्याहरु बिना अपरेशन पनि निको हुन्छ । तर यो भन्दै गर्दा सबै रोगहरु औषधिले मात्रैले ठिक गर्छ भन्ने होइन । कतिपय रोगको अवस्था र आवश्यक्ता मुल्यांकन गरी अपरेसन पनि गर्नु पर्ने हुन्छ । तसर्थ यो औषधि र उपचारको लागि सधै चिकित्सकको सल्लाह, आवश्यक जाँच, परिक्षण पश्चात मात्र खानु उचित हुन्छ । नत्र फाइदा भन्दा बढी हानी हुन सक्छ । धेरै जस्तो बिरामी अन्यत्र थुप्रै औषधि खाई सके पछि अन्तिम बिकल्पको रुपमा होमियोप्याथिक औषधि उपचार गर्न आउँछन, तर कुनै पनि रोगको सुरुवातमा नै यो औषधि सुरु गर्नु भयो भने निकै राम्रो परिणाम आउँछ । तसर्थ होमियोप्याथिक औषधिको प्रयोग सधै विशेषज्ञ चिकित्सकबाट परिक्षण र परामर्श पश्चात मात्र प्रयोग गर्नु होला र रोगको सुरुवाती अवस्थामै गर्नु होला ।
(Dr. Ramhari Shrestha , Physician Homeopathic, ramhariji@gmail.com, whatsapp: 9808363221) www.neolifehomeopathy.com.np

डा.रामहरि श्रेष्ठ
होमियोप्याथिक चिकित्सक
महासचिव, अल नेपाल होमियोप्याथिक एसोसिएसन
(ANHA)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments