युवाहरु राजनीतिमा अगाडि बढ्न आवश्यक छ । सफल हुन आवश्यक केही तथ्यहरु:
अहिलेको राजनितीक अवस्था
विश्वमा अहिले राजनितीवाट युवाहरु टाँढिदै गैइरहेको अवस्था छ । अहिले अमेरिकी राजनितिमा पनि वुढापाकाहरुकै नेतृत्व छ । हाल भएको निर्वाचन भन्दा अगाडीको राष्ट्रपति जो वाईदेन पनि ८१ वर्ष पुगिसकेको छ । त्यस्तै हालै अमेरिकाको ४७ औं राष्ट्रपतिमा विजयी डोनाल ट्र्म्प ७८ वर्षका छन् । नेपालमा त झन् यो अवस्था विकराल छ । हुन पनि नेतृत्व लामोसमयको अनुभव,ग्राउन्डदेखिको नेतृत्ववाट तयार हुने हो । नेपालमा युवाहरूको राजनीतिमा सहभागिता घट्दै गएको देखिन्छ, यस्तो हुनु राम्रो होईन,राजनीति देशको मेरुदण्ड हो । अत: युवाहरु राजनीतिमा आउन जरुरी छ । युवाहरूले आफ्नो आवाज बुलन्द गर्नुपर्छ र नेतृत्व लिनुपर्छ । नेपालमा राजनितीमा सक्रिय भयोभने भबिष्य बिग्रन्छ भन्ने धारणा रहेको छ । जुन गलत छ भन्नेकुरा अमेरिकामा हालै विजयी भएका राष्ट्रपति डोनाल ट्रम्पको उदाहरणले चिरेको छ उहाँ एक सफल ब्यवसायी पनि हुन् । त्यसका साथसाथै सफल राजनीतिज्ञ पनि ।
यहाँ केही सुझावहरू प्रस्तुत छ जसले युवाहरूलाई राजनीतिमा कसरी सक्रिय हुने मार्गनिर्देश गर्न सक्छ ।
१. शिक्षा र जानकारीको महत्त्व
राजनीतिमा सफल हुनका लागि शिक्षा र जानकारी अत्यन्तै महत्त्वपूर्ण छ। राजनीतिक प्रणाली, संविधान, र कानूनी प्रक्रियाहरूको राम्रो ज्ञान हुनु आवश्यक छ। यसका लागि विभिन्न स्रोतहरू जस्तै पुस्तकहरू, अनलाइन कोर्सहरू स्व-अध्यनका साथै सभा, सेमिनारहरूमा सहभागी हुन आवश्यक छ ।
२. सक्रिय सहभागिता
राजनीतिमा सक्रिय सहभागिता आवश्यक छ। स्थानीय स्तरमा हुने बैठकहरू, छलफलहरू, र सामुदायिक कार्यक्रमहरूमा सहभागी भई आफ्नो विचार राख्नुपर्छ। यसले तपाईंलाई स्थानीय मुद्दाहरू बुझ्न र समाधान गर्न मद्दत पुर्याउँछ। साथै वर्तमान देशको अवस्था,परिस्थितिको अध्यन गर्न जरुरी छ ।
३. सञ्जाल निर्माण
राजनीतिमा सञ्जाल निर्माण महत्त्वपूर्ण छ। विभिन्न राजनीतिक दलका सदस्यहरू, सामाजिक कार्यकर्ताहरू, र अन्य युवाहरू संग सञ्जाल निर्माण गर्नुहोस्। यसले तपाईंलाई विभिन्न दृष्टिकोणहरू बुझ्न र आफ्नो विचारलाई व्यापक बनाउन मद्दत गर्छ।
४. नेतृत्व कौशल विकास
नेतृत्व कौशल विकास गर्न विभिन्न तालिमहरूमा सहभागी हुनुहोस्। नेतृत्व, सार्वजनिक बोल्ने कला, र समस्या समाधान गर्ने क्षमताहरू विकास गर्नुहोस्। यसले तपाईंलाई प्रभावकारी नेता बन्न मद्दत पुर्याउँछ।
५. सकारात्मक सोच र धैर्यता
राजनीतिमा सफलता पाउन समय लाग्न सक्छ। सकारात्मक सोच राख्नुहोस् र धैर्यवान बन्नुहोस्। असफलताहरूलाई सिकाइको रूपमा लिनुहोस् र निरन्तर प्रयास गर्नुहोस्।
६. सामाजिक सञ्जालको उपयोग
आजको डिजिटल युगमा सामाजिक सञ्जालको उपयोग गरेर आफ्नो विचार र अभियानलाई व्यापक बनाउन सकिन्छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा सक्रिय रहनुहोस् र आफ्नो विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुहोस्।
७. समुदायसँगको सम्बन्ध
समुदायसँग राम्रो सम्बन्ध राख्नुहोस्। समुदायका समस्याहरूलाई बुझ्न र समाधान गर्न प्रयास गर्नुहोस्। यसले तपाईंलाई समुदायको विश्वास जित्न मद्दत गर्छ।
युवाहरूले राजनीतिमा सक्रिय भएर मात्र आफ्नो तथा देशको भविष्यलाई उज्ज्वल बनाउन सकिन्छ । आफुसङ्ग भएको ज्ञान,क्षमता, राजनिती मार्फत जनताहरुमाझ पुर्याएर देश विकासमा योगदानदिने वाटो राजनिती हो ।तपाईंको सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ।
।।अगाडि बढ्नुहोस् र नेतृत्व लिनुहोस् ।।
जय मध्यपुर