Homeसाहित्यरिमाल महाकवी आचार्य पुरस्कारका लागि आवेदन खुल्ला

रिमाल महाकवी आचार्य पुरस्कारका लागि आवेदन खुल्ला

भक्तपुर, १८ माघ २०८०: रिमाल महाकवी आचार्य पुरस्कार २०८०को लागि आवेदन खुल्ला गरिएको छ। सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो आवेदन खुल्ला गरिएको हो।

पुरस्कारका लागि विधा र क्षेत्र तोकिएको छ। तोकिएको विधा र क्षेत्रमा योगदान दिएका व्यक्ति तथा संस्थाले आवदेन भर्ना सकिने छ। आवेदन सूचना प्रकाशित गरिएको मिति बाट तीस दिनभित्र सिफारिस गर्न सकिने छ।

पुरस्कारको लागि आवेदन दिँदा व्यक्ति/संस्थाको विवरण: नाम/थर, आमा/बुबाको नाम, विवाहिता भए पति/पत्नीको नाम, व्यक्ति वा संस्थाको बायोडाटा, सम्पर्क ठेगाना, इमेल, मोवाइल नम्बर, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, स्थायी लेखा नम्बर, प्रकाशित उत्कृष्ट कृतिहरुको विवरण (एकप्रति कृति सम्भव भएसम्म), पासपोर्ट साइजको २ प्रति फोटो, प्रकाशित कृतिहरु नभएको अवस्थामा प्रतिभाको परिचयात्मक अन्य सामग्री, बैंक खाता नम्बर (बैंकको नाम र ठेगाना समेत), संस्थाले सिफारिस गरेको भए सिफारिस गर्ने संस्थाको पत्र संकलन गरी राख्नु पर्ने छ। यो सबै कागज पत्रसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, (संस्कृति महाशाखा), सिंहदरबार, काठमाडौँमा आवेदन सिफारिसको पठाउन सकिने छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments