Homeसमाचारमाओवादी केन्द्रकाे मध्यपुर नगरमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा उपप्रमुख श्रेष्ठ

माओवादी केन्द्रकाे मध्यपुर नगरमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा उपप्रमुख श्रेष्ठ

भक्तपुर । नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमिको दोश्रो नगर सम्मेलनबाट बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति सर्वसम्मत निर्वाचित भएको छ । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख समेत रहेका बिजयकृष्ण श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

बिहीबार बिहान थिमि बैंक्वेटमा सम्पन्न दोश्रो सम्मेलनको बन्द सत्रबाट अध्यक्षमा बिजयकृष्ण, उपाध्यक्षमा बिकेश श्रेष्ठ , जगतमाया प्रजापती र नरेश रन्जित निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अधिवक्ता शिव सुन्दर श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति र कोषाध्यक्षमा रत्न केशरी प्रजापति निर्वाचित भएकी छन् ।
निर्विरोध निर्वाचित ५५ सदस्यीय कार्यसमितिलाई नगर इन्चार्ज एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले सपथग्रहण गराएकाे संविधान सभा सदस्य समेत रहेका निर्वाचन समितिका संयोजक सत्यलाल मूलले बताएका छन् ।

सम्मेलनलाई उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप कुमार प्रजापति भीष्मले माओवादी कै नेतृत्वमा गणतन्त्र आएकाे र अहिले समाजवादकाे बाटाेमा जान खाेज्दा अरू पार्टी यथास्थिति मै बस्न खाेजेकाे बताएका छन् ।अतः देशलाई समाजवाद उन्मुख बनाउन स्थानीय तहदेखि संघिय निर्वाचनमा समेत माओवादीले जित्ने गरि अघि बढ्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेश सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले जनप्रतिनिधि र जनतालाई जोड्ने काम नेताकार्यकर्ताले गर्नुपर्ने उल्लेख गरेका थिए ।
त्यस्तै अर्का केन्द्रीय सदस्य एवं बागमती प्रदेश स्कूलिङ बिभाग सह इन्चार्ज डीपी ढकालले पार्टी संसदीय अभ्यासमा रहेकोले चुनाव जित्नु नै मुख्यकुरा भएको भन्दै जनताको सेवागर्ने शासन सत्ता स्थापनाको लागि माओवादी केन्द्र चुनाव केन्द्रीत हुनुको बिकल्प नभएको बताए ।
सो अवसरमा केन्द्रीय सदस्य एवं मध्यपुर थिमि नगर इन्चार्ज प्रतिमा श्रेष्ठले नगरको सांगठनिक अवस्था बताइन् ।
वाइसीएल इन्चार्ज समेत रहेका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले अरु दिन माओवादी चाहिने र भोट हाल्ने दिन चाहिँ बिर्सने जनतालाई कसरी पार्टी प्रति प्रतिवद्ध बनाउने भन्ने जिम्मेवारी स्थानीय नेताकार्यकर्ताको काधमा रहेको बताएका थिए ।
कार्यक्रममा जिल्ला संयोजक सुनिल बासुले मध्यपुर थिमि नगरपालिकामा पार्टीको नगर अध्यक्ष नै उपप्रमुख रहेकाले पार्टी र जनताले मध्यपुरलाई नियालिरहेको उल्लेख गर्दै उदाहरणीय र जनप्रिय काम गर्नपर्नेमा जोड दिए ।
सो अवसरमा केन्द्रीय सदस्य एवं तत्कालीन संविधान सभा सदस्य उमा कपाली, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारद्वय कृष्णलाल गाेजा श्रेष्ठ र शिवहरी खनाल, प्रदेश सभा सदस्यसमेत रहेकी पार्टीको प्रदेश सचिवालय सदस्य भुवनकेशरी श्रेष्ठ भावना, प्रदेश समिति सदस्य बालकृष्ण दुगु, मदन खत्री, गणेश बुढाथोकी लगायतको उपस्थिति रहेकाे निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष शिवहरी खनालले बताए ।
बिहिवारकाे नगर सम्मेलनका लागि हिजाे मात्रै सबै वडाकाे वडा सम्मेलन सम्पन्न गरि नेतृत्व तथा प्रतिनिधि चयन गरिएकाे उपाध्यक्ष बिकेश श्रेष्ठले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments