भक्तपुर,७ जेष्ठ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसीएल,नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रन्जित निर्वाचित भएका छन्। बुधबार भक्तपुर थिमि स्थित थिमि बैंक्वेटमा सम्पन्न प्रथम प्रदेश सम्मेलनको बन्द सत्रबाट रन्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रस्तुत गरेको प्यानल सर्वसम्मत भएपछि निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन परिणाम घोषणा गरेको हो ।
नरेश रन्जितकाे अध्यक्षता गठित बागमती प्रदेश समितिमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी उपाध्यक्ष निर्वाचित भएका निर्वाचन समितिका संयोजक गोविन्द बटालाले बताए । समितिको सचिवमा प्रदीप तामाङ ङेमासङ निर्वाचित भएका छन् भने सहसचिवमा क्रमशः बिष्णु नेगी, अर्जुन तामाङ, सुदिप केसी, बिकास श्रेष्ठ, सनम महर्जन(जनजाति), प्रितिमा तामाङ(महिला) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा रोमि घले निर्वाचित भएकी छन् ।
बन्द सत्रमा माओवादी केन्द्रका केन्द्रीय नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलिप प्रजापति, सूर्य सुवेदी पथिक लगायतको उपस्थिति रहेकाे नवनिर्वाचित अध्यक्ष रंजितले बताए ।
नवनिर्वाचित अध्यक्ष नरेश रन्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज तथा को रूपमा सक्रिय थिए ।