Homeसमाचारप्रेस सेन्टर भक्तपुरकाे प्रजिअलाई ज्ञापन पत्र, पेशागत सुरक्षाकाे माग

प्रेस सेन्टर भक्तपुरकाे प्रजिअलाई ज्ञापन पत्र, पेशागत सुरक्षाकाे माग

भक्तपुर । प्रेस सेन्टर नेपाल भक्तपुरले भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा पेशागत सुरक्षासंगै भौतिक सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ । वर्तमान समयमा पत्रकारहरूमाथि बढ्दो असुरक्षा र प्रेस स्वतन्त्रता हननप्रति चिन्ता व्यक्त गर्दै मंगलबार प्रेस सेन्टरका जिल्ला अध्यक्ष मदन ढुङ्गानाको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो ।
सो अवसरमा सेन्टरका पूर्व नेताहरू नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष संजीप घिमिरे, भक्तपुर शाखा सदस्य अञ्जीर सिंह बिक र सेन्टरका प्रदेश सचिव बाबुकाजी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
जनयुद्धकालमा राज्यपक्षबाट हत्या गरिएका पत्रकार कृष्णसेन इच्छुकदेखि हालै राजावादी आन्दोलनको क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकसम्मका हत्यामा संलग्न दोषीहरूलाई अझै कानुनी दायरामा ल्याउन नसकिएकोप्रति प्रेस सेन्टरले गम्भीर आपत्ति जनाएको छ। साथै प्रेस सेन्टरले मिलन नेपाली लगायत बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न समेत माग गरेको छ ।
प्रेस सेन्टर नेपाल भक्तपुरले पत्रकारहरूको पेशागत अधिकार, भौतिक सुरक्षा, र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सरकारलाई गम्भीरतापूर्वक ध्यान दिन आग्रह गर्दै ज्ञापन पत्रमार्फत आफ्नो आवाज बुलन्द पारेको छ।

ज्ञापन पत्र बुझ्दै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लामा आफूले सम्बोधन गर्नुपर्ने कुरा ज्ञापन पत्रमा उल्लेख नभएको र केन्द्रसंग सम्बन्धित मागहरू भएकोले आफूले यसलाई गृह मन्त्रालय हुँदै सम्बन्धित ठाउँमा पुर्याइदिने प्रतिवद्धता प्रकट गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments