Homeसमाचारचाँगुमा ‘एभोकाडो सिटी’ अभियान समापन, सामुहिक एकता र सक्रियताले सम्वृद्धि...

चाँगुमा ‘एभोकाडो सिटी’ अभियान समापन, सामुहिक एकता र सक्रियताले सम्वृद्धि सम्भव भएकाे प्रमाणित ।

३० साउन, भक्तपुर ।
नेकपा( माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवि प्रसाद (डि.पि) ढकालको नाम फेरिएछ । चाँगुनारायण नगरपालिकामा उहाँलाई एभोक्याडो मान्छे भनेपछी सवैले चिनिने भएकोछ । उहाँको परिकल्पना तथा सक्रियतामा तीन वर्ष अघि शुरु भएको एभोक्याडो वितरण अभियानमा वितरण गरेको वोटमा फलेको फल नेकपा (माओवादी केन्द्र) का अध्यक्षलाई हस्तान्तरण गरी अभियान समापन गरिएकाे छ ।
शुक्रवार चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिकस्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत गरेको र सामुहिक एकता र सक्रियताले नै सम्वृद्धि सम्भव भएकाे प्रमाणित भएकाे अध्यक्ष प्रचण्डले बताए । अन्य पालिकामा पनि औचित्य र आवश्यकताको आधारमा यस्ता सामाजिक र आर्थिक अभियान संचालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । पूर्वप्रधानमन्त्री दाहालले देशैभरका पालिकाका जनप्रतिनिधि र स्थानीय जनतालाई आफ्नो पालिकामा विकास र सम्वृद्धिको सम्भावना पहिचान गर्न र उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका अभियान संचालन गर्न आग्रह समेत गरे । ”कृषी, पर्यटन, उर्जा र उद्योग लगायतका क्षेत्रमा पालिकाको विशिष्टता र विशेषताको आधारमा सम्भावना पहिचान गरौँ ।” उनले भने ।
सो अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने मनोविज्ञानलाई चिर्दै चाँगुनारायणमा स्वास्थ्य र सम्वृद्धिको विकासका लागि संचालित एभोकाड़ो अभियान सफल भएको बताए । उनले शहरी सुन्दरता, हरियाली प्रवर्द्धन र पर्यावरणको रक्षाको लागि पनि अभियानले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

चाँगुनारायण नगरपालिकामा ‘एक घर, दुई बोट एभोकाडो’ रोप्न नेकपा (माओवादीकेन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालको परिकल्पना र मार्गनिर्देशन बमोजिम २०८० श्रावणदेखि ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान संचालन गरि तीन वर्षमा १० हजार बढी घरमा २१ हजार एभोकाड़ोको विरुवा रोपिएका अभियानका संयोजक नरेश खड्काले जनाएका छन् ।

एक घरले एभोकाड़ो बेचेर कम्तिमा ३० देखि ५० हजार वार्षिक आम्दानी गर्ने अनुमान गरिएको अभियानका परिकल्पनाकार डिपी ढकालले बताएका छन । अभियानमार्फत चाँगुनारायणमा वार्षिक ४ करोड बढी अतिरिक्त आम्दानीको श्रोत सुनिश्चित गरिएको उनले दावी गरे । उत्पादित एभोकाडोको बजारीकरणमा पनि आफूहरुको स्पष्ट योजना रहेको उनले खुलासा गरेका छन् ।

अभियानमा करिब ३ सय अभियन्ताहरु सक्रियतापूर्वक सहभागी भएका र उनीहरुले पछिसम्म स्थानीयलाई प्राविधिक र बजार व्यवस्थापनका लागि सहयोग पुर्याइरहने अभियानका परिकल्पनाकार ढकालले जानकारी गराए । शुक्रवार तीन वर्षे कार्यक्रम समापनका अवसरमा अभियन्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेश सरकारका पूर्वमन्त्री कृष्णलाल भँडेल, वागमती प्रदेश सभाका सदस्यद्वय अमृता नेपाल र भुवनकेशरी श्रेष्ठ भावना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म,संविधान सभाका सभासदद्वय सत्यलाल मूल र उमा कपाली त्यसैगरी मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका सस्थापक मेयर एवं नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, चाँगुनारायण नगरपालिकाका वडाध्यक्षहरु सोमप्रसाद प्रधान, श्यामसुन्दर धिमाल, रोजबहादुर तामाङ्ग, धनबहादुर लामा, श्यामकृष्ण नयाजू र जनक खत्री त्यस्तै रास्वपा नगर सभापति रोशन थापा, राप्रपा नगर अध्यक्ष रमेश अधिकारी, राप्रपा नेपालकी योवती कार्की र नेकपा एकीकृत समाजवादीकी नगर अध्यक्ष अञ्जना पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments